दोलखा । दोलखाको विगु गाउँपालिका र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतको तीङग्री काउण्टीबीच सिमा सुरक्षाका विषयमा छलफल भएको छ । सोमबार सिमा क्षेत्रका दुबै पक्षबीच भएको पारस्पारिक छलफलका क्रममा स्थानीय स्तरमा विपदका बेला सूचना आदान प्रदान गर्ने, सिमा क्षेत्रका बासिन्दाहरु विच सुमधुर सम्बन्ध कायम गर्ने सहमति भएको हो ।
छलफलका क्रममा सिमा क्षेत्रको सुरक्षा, विपद व्यवस्थापन, स्थानीय जनता विचको आपसी सम्बन्ध साथै विभिन्न अपराधिक गतिविधि नियन्त्रण र विभिन्न विकासका सवालहरुमा छलफल भएको विगु गाउँपालिकाका अध्यक्ष संजीव ओलीले जानकारी दिए ।
बैठकमा विगु गाउँपालिका अध्यक्ष सहितको समुह र तिङग्री काउण्टीको प्रहरी प्रशासन, सिमा, वन तथा भंसारका कर्मचारीहरु सहभागी थिए भने तीङग्री काउण्टीका तर्फबाट तीङ्ग्री पिपुल्स काउन्टी सरकारका सहायक प्रमुख झेङ तियान छ्याङ सहित वन विभाग तथा सुरक्षा अधिकारहिरुको उपस्थिती रहेको थियो ।