दोलखा। आजदेखि दोलखामा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि दोलखाको सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य गंगा कार्कीले गरेका थिए। खेल समारोहको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गंगा कार्की, जिल्ला समन्वय समितीका सभापति बर्जुराम घतानी, भिमेश्वर नगरपालिका प्रमुख इश्वर मानन्धर, विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि ,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, नेपाली कांग्रेसका प्रतिनिधि तथा विगु गाउँपालिका पुर्व अध्यक्ष युधिष्ठिर खड्का, नेकपा माओवादी केन्द्रका प्रतिनिधि बुक्तम तामाङ लगायतले शुभकामना मन्त्यव राखेका थिए ।
कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले गरेका थिए भने कार्यक्रम सञ्चालन उपेन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा सबै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
९ वटा स्थानीय तहको सहभागीता रहेको यस प्रतियोगिता १३ गते सम्म चल्नेछ ।