दोलखा । निलकण्ठेश्वर माध्यमिक विद्यालयले स्थापनाको ६२ औं बार्षिकोत्सव एवम् ३२ औँ अभिभावक दिवस सम्पन्न गरेको छ । आइतबार गौरीशंकर गाउँपालिका २ स्थित विद्यालयको प्राङगणमा विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव सम्पन्न भएको हो ।
समारोहको उद्घाटन प्रतिनिधि सभा सद्स्य गंगा कार्कीले गरेका थिए ।
कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, नेकपा एमाले गौरीशंकर गाउँपालिका पार्टी अध्यक्ष जंग गुरुङ, गौरीशंकर गाउँपालिका २ का अध्यक्ष रोहित बुढाथोकी, माननीय गंगा कार्कीका स्वकीय सचिव रामचन्द्र कार्की, नेकपा माओवादी केन्द्रका नेता रामकुमार खड्का , गौरीशंकर गाउँपालिका शिक्षा शाखाका प्राविधिक गणेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।