काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्ने माथि कारबाही गर्ने पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।
सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । त्यस्तै उनले एकदुई दिन भित्र प्रदेशका इन्चार्जहरुलाई रिपोट बुझाउन समेत आग्रह गरेका छन्।