दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकामा शहिद परिवारलाई सम्मान गरिएको छ।२९ औ महान जनयुद्धको अवसरमा नेकपा माओवादी केन्द्र बैतेश्वर गाउकमिटी को आयोजनामा सम्मान तथा भेटघाट कार्यक्रम गरेको कमिटीका अध्यक्ष मिनकुमार शिवाकोटीले बताए।
सशस्त्र जनयुद्धको समयमा विभिन्न ठाउँका घटनामा परी सहादत प्राप्त गरेका शहीदका परिवारलाई घरमै पुगेर सम्मान तथा भेटघाट गरेको उनले बताए। सो क्रममा पालिकाको वडा नम्बर १ देखि ३ सम्म सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ भने बाकी वडामा रहेका सहिद परिवारका सदस्यलाई पनि सम्मान तथा भेटघाट गर्ने क्रम जारी रहने बताएको छ।