दोलखा। दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ स्थित जेम एकेडेमीका प्रधानाध्यापक भक्तराज बोहोरालाई आफ्नो विद्यार्थीमाथि यौन दुव्र्यवहारको आरोपि लागेपछि घटनाको सत्यतथ्य पत्ता लगाई बोहोरा माथि काडा कार्बाही गर्न अनेरास्ववियु क्रान्तिकारी दोलखाले माग गरेको छ ।
प्रअ बोहोराले विद्यार्थीलाई पटक पटक यौन दुव्र्यवहार गरेको भन्दै शुक्रबार दिउँसो उक्त विद्यालयका विद्यार्थीहरु आक्रोषित हुदैँ विद्यालय तोडफोड गरेको समचार बाहिरीएपछि क्रान्तिकारी दोलखाले यस्तो माग गरेको हो। क्रान्तिकारी दोलखाका संयोजक आर्टिस्ट मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका प्रिन्सिपल भक्तराज बोहोराले सोही विद्यालयमा अध्ययनरत होस्टलमा बस्ने छात्रालाई यौन, दुर्व्यवहार गरेको घटना प्रति संगठनले गम्भिर ध्यानाकर्षण गरेको बताएको छ। संगठनले घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गरी कानुनी दायरामा ल्याउन जोडदार माग गरेको पनि बिग्यप्तीमा उल्लेख गरेको छ। त्यस्तै विद्यार्थीको शान्ति, सुरक्षा प्रदान गर्न स्थानीय प्रशासन, नगरपालिका र सरोकारवालालाई समेत ध्यानाकर्षण गराएको जनाएको छ।
विद्यालयमा यस्तो दुर्व्यवहार भएको भन्दै विद्यार्थीद्वारा भक्ते चोर भन्दै नारावाजी गरेका थिए। यसरि विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रअ बोहोरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको पाइएको छ।