भक्तपुर । उखुबारी समाज सेवा समिती दोलखाको अध्यक्षमा पुन: श्रीकृष्ण बस्नेत निर्वाचित भएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको चौंथो साधारणसभा तथा बनभोज कार्यक्रमबाट पुन: बस्नेतको नेतृत्वमा १५ नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा बिमल खड्का, कोषाध्यक्षमा सुरथ खड्का,चयन भएका छन्। त्यस्तै सचिवमा बासुदेव बस्नेत र सदस्यहरुमा क्रमशः जिवन बस्नेत,हरि बहादुर खत्री, प्रदिप बस्नेत,श्याम बहादुर खड्का,सैलेश खत्री,मिना कार्की, दिनेश बस्नेत,सारदा कार्की,निरज बस्नेत,सुरज बस्नेत चयन भएका हुन्। साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुखअतिथी केशर बहादुर बस्नेतले गरेका थिए।
सो अवसरमा समितिका अध्यक्ष बस्नेतले साङ्गठनिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए। त्यस्तै समितिका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न साङगितिक नाचँहरु प्रस्तुत तथा भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित उखुबारी, काउले,जैरुम्टाका नागरिक काठमाडौं उपत्यकामा बस्दै आएतापनि आजको कार्यक्रममा आफ्नो समुदायका नागरिकहरुसँग बसेर छलफल गर्ने मौका समेत मिलेको थियो।