रामेछाप। रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएपछि भोलि रामेछाप नगरपालिकाले शोक बिदा दिने भएको छ।शनिबार दिउँसो पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा वनभोज आयोजना भएको बेला खाना सुर्किएर मृत्यु भएपछि पालिकाले एक दिन उनको चिर शान्तिको कामना लागि शोक बिदा दिने निर्णय गरेको हो।
त्यस्तै खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उहाँको मृत्यु भएको बताइएको छ।।
शोक बिदामा अत्यावश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय तथा अन्तर्गतका सबै कार्यालयहरु (वडा कार्यालय, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालय समेत) मा शोक बिदा दिने निर्णय गरेको बिग्यप्ती मा उल्लेख गरेको छ ।