दोलखा। शैलुङ गाउँपालिका-८ भैसेमा रहेको शारदा माध्यामिक विद्यालयको ६३ औँ बार्षिकोत्सव सुरु भएको छ। सोमबारदेखी विविध सांस्कृतिक कार्यक्रमहरु गर्दै विद्यालयले भव्यताका साथ विद्यालयको वार्षिक उत्सव मनाउन सुरु गरेको हो।
बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको विशेष आतिथ्यमा सुरु भएको वार्षिक उत्सव १० गते सम्म मनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति श्रेष्ठले बताए ।
सो अवसरमा पालिका स्तरिय खेलकुद प्रतियोगिताको समेत आयोजना गरेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए। उक्त प्रतियोगितामा भलिबल प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता लगाएत अन्य खेलहरु खेलाइने बताइएको छ। भलिबल प्रतियोगितामा भने ५ वटा टिमको सहभागिता रहेको छ।
त्यस्तै बागमती प्रदेश सामाजिक विकास मन्त्री मोक्तानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य रिजालको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सुरु भएको वार्षिक उत्सवमा मन्त्री मोक्तान, समिति अध्यक्ष श्रेष्ठ, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ लगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने जिल्ला समन्वय समिति दोलखाका सभापति बर्जुराम घतानी, राष्ट्रिय सभा सदस्य रिजाल लगाएत, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजिवी,शिक्षक अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो।