दोलखा । दोलखाको जिरी नगरपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिरी नगरपालिका वडा नम्बर ८ त्रिशुले स्थित बोक्सेको भिरबाट लडेर त्रिशुलेका स्थानीय अन्दाजी ३७ वर्षीय थल बहादुर सुनुवारको मृत्यु भएको हो ।
मङ्गलबार बेलुका घर जाने क्रममा भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष कृष्ण कुमार खत्रीले बताए। भीरबाट लडेर सुनुवार खिम्ती–२ आयोजनाको ड्याम साइटमा पुगेका थिए ।
अहिले प्रहरीले शवको मुचुल्का उठाई शवलाई जिरी अस्पताल पठाएको छ ।