दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकामा हाटबजार सञ्चालन आएको छ । पालिकाको वडा नम्बर ८ स्थित मिलडाँडामा बिहिबार देखि हाटबजार सञ्चालनमा आएको हो ।
कालिञ्चोक गाउँपालिका वडा न . ८ र हाम्रो साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वय र सहकार्यमा कृषकले उत्पादन गरेका कृषि जन्य वस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाटबजार सञ्चालन गरेको छ ।
कृषि उपज ब्यापार केन्द्र ( हाटबजार ) को उदघाटन गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले गरेका थिए। हाटबजार प्रत्येक महिनाको १० र २५ गते सञ्चालन गरिने बताइएको छ। हाटबजारमा कृषि सामाग्री,मासुजन्य पदार्थ, बिउबिजन, बिरुवाहरु, डोकोडालो, खुकुरी, हसियाँ ,तरकारी, फलफुल, मसला, अन्नपात, दुग्धजन्य पदार्थ विक्री गरिनेछ।
त्यस्तै हाटबजार सञ्चालनमा आएसँगै यहाँका स्थानिय स्तरमा उत्पादित वस्तुले सहजरुपमा बजार पाउनेछन् ।