राजकुमार भुजेल,दोलखा। दोलखाको जिरी नगरपालिकामा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालय जिरीको १५ औँ बार्षिक उत्सव तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न सम्पन्न भएको छ। आइतबार विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिशाल खड्काको अध्यक्षता तथा विद्यालयका प्रमुख सल्लाहकार इन्द्र बहादुर खड्काको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बार्षिक उत्सव तथा सहिद सप्ताह कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिशाल खड्काले गरेका थिए। सो अवसरमा विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्काले विद्यालयको प्रतिवेदन प्रस्तुत गरे। उक्त विद्यालयले जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारको बालबालिका र बुबाआमा गुमाएका अभिभावक विहिन बालबालिकालाई उच्च शिक्षा दिदैं आएको विद्यालयका प्रधानाध्यापक खड्काले बताए।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर बहादुर पाख्रिन, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाका पार्टी सचिव कमल श्रेष्ठ,एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठ लगाएको शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो।