राजकुमार भुजेल,दोलखा । प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु भएको छ ।सोमबार सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिताको उद्घाटन पूर्ब राज्यमन्त्री देवी खड्काले गरेकी थिइन्।उक्त प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिमको सहभागिता रहेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।प्रतियोगिताको पहिलो दिन दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको मन्थली नगरपालिकाबीच प्रतिष्पर्धा भएको थियो।प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र सान्त्वना हुने टिमले २१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता २५ गतेसम्म चल्नेछ।त्यस्तै युवा सञ्जालका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्ब राज्यमन्त्री खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का,सहिद रित बहादुर खड्का का जिवन सङ्गिनी इन्दिरा खड्का,नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर पाख्रिन, प्रमुख जिल्ला अधिकारी टुवाराज पोख्रेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानी लगाएतले शुभकामना मनतव्य राखेका थिए ।
प्रतियोगितामा विभिन्न राजनीतिक दल नेता, कार्यकर्ता, बुद्धिजिवी, खेलाडी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।