दोलखा। प्रदेश युवा परिषद् बागमतीले विभिन्न सिपमुलक तालिमका लागि आबेदन फारम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय , प्रदेश युवा परिषद् बागमती , जिल्ला युवा समिती दोलखाले विभिन्न किसिमको सिपमुलक तालीमका लागि आवेदन फारम खुल्ला गरेको हो ।
बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न युवाहरुलाई लक्षित गरि आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिती दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार इमेल,इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित एक हप्ता भित्र सदरमुकाम चरिकोट स्थित जिल्ला युवा समिति दोलखाको कार्यालयमा फाराम बुझाउनुपर्नेछ ।
फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ। त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागी https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिनेछ। सो तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुनेछ ।
यस्तो छ सिपमुलक तालिमका क्षेत्र :