काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य भोलि बिहान १ बजेदेखि लागू हुने गरि बढाएको हो ।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर रु. ३ रुपैयाँले बढाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतबाट बढेर आएकोले मूल्य बढाएको निगमले जनाएको छ ।
डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।