काठमाडौं। सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकता राखेको छ । मङ्गलबार सरकारले निति तथा कार्यक्रम सार्वजनिक गर्दै वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको हो ।
रास्ट्रपति रामचन्द्र पौडेलले निति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठूलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तहसहकारी र समुदायको साझेदारीमा निजी क्षेत्र, “उत्पादन र रोजगारीका लागि साझेदारी” कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार विभिन्न निकायमा रहेका उत्पादनसँग सम्बन्धित कार्यक्रमहरूलाई एकअर्काको परिपूरक हुनेगरी सम्भाव्यताका आधारमा एकीकृत रूपमा कार्यान्वयन गरिने भएको छ।
निती तथा कार्यक्रम