काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।
सन्दिपले आफ्नो फेसबुक पेजमा लेखेका छन।“अमेरिकी दूतावास, नेपालले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको T-20 विश्वकपको लागि मेरो भिसा अस्वीकार गरे। दुर्भाग्य। नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।”