दोलखा । गौरीशंकर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गौरीशंकर गाउँपालिकाको वडा नम्बर ५ सुरिमा रहेको गाउँपालिकाको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखाको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, सेवा प्रवाह लगायतका सन्दर्भमा प्रश्नहरु उठाएका छन् ।
उठेका प्रश्नहरुको जवाफ गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, अनुगमन समितिका अध्यक्ष तथा पालिकाका प्रवक्ता युग बहादुर बस्नेत र प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर घर्तीले दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथी गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता युग बहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को प्रतिवदन प्रस्तुत गरेका थिए ।