काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचारका लागि फलाेअपमा गएका हुन् ।प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समय/समयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।
उनको अहिले उपचार भइरहेको छ । डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।
उनी बुधबार दिउँसो फ्लोअपका लागि अस्पताल पुगेका हुन् ।