काठमाडौँ । यस वर्ष मनसुनमा करिब १८ लाख १ हजार मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अनुमान गरेको हो।
सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठक सकिएको छ।
बैठकमा यो मनसुनमा करिब १८ लाख १ हजार मानिस प्रभावित हुनसक्ने, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आँकलन गरिएको प्राधिकरणले जनाएको छ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ पनि पारित भएको छ।