दोलखा । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दोलखाले कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकामा ‘एक विद्यालय एक इकाई घोषणा’ गरेको छ । शनिबार कालिन्चोक गाउँपालिका स्थित कालीनाग माविमा सम्पन्न कार्यक्रमले तीनै गाउँपालिका भित्र रहेका विद्यालयमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षक अनिवार्य रहनुपर्ने व्यवस्था गरेको हो ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्यता , वागमति प्रदेशका पूर्वमन्त्री विशाल खड्काको विशेष आतिथ्यता तथा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि , गौरीशंकर गाउँपालिका अध्यक्ष बिश्वास कार्कीको आतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा तीनओटा पालिकामिा एक विद्यालय एक इकाई घोषणा, केन्द्रीय भवन निर्माणमा सहयोग गर्ने शिक्षकलाई सम्मान र अन्य सङ्गठन परित्याग गरी संगठनमा प्रवेश गर्ने शिक्षकहरूलाई स्वागत गरिएको थियो।
गौरीशंकर गाउँपालिकामा गोपाल खड्का, तुलसी कार्की, अस्मिता पौडेल तथा विगु गाउँपालिकामा कृष्ण आचार्य र शंकर आचार्य लगायत दर्जनौं शिक्षक एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रवेश गरेका छन् ।