दोलखा। कालिञ्चोक गाउँपालिकाको सुनखानी–साङवा सडकमा ट्रिपर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।बिहिबार बेलुकी करिब ५ बजे गाउँपालिका – ६ गोदोनमा ट्रिपर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्।
घाइते हुनेहरुमा ट्रिपर चालकहरु सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर,३५ वर्षीय सरोज श्रेष्ठ र बागमती प्रदेश पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ अंगत यादव वर्षीय रहेका छन। घाइते मध्ये यादवको अबस्था मध्यम खालको देखिएको र उनलाई सदरमुकाम चरिकोट मा उपचारका लागि रिफर गरिएको छ भने अन्य दुइजना सामान्य घाइते भएको वडा अध्यक्ष भरत पाण्डेले जानकारी दिए।
उनका अनुसार टिपर सडकबाट करिव ५० मिटर तल खसेको अनुमान गरिएको छ । टिपर ब्रेक फेल भएर दुर्घटना भएको आशंका गरिएको छ।