काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा – काठमाडौ उपत्यका सम्पर्क बिभागको भेला काठमाडौंमा सम्पन्न भएको छ। शनिबार काठमाडौंमा श्रम तथा रोजगार मन्त्री डि पि अर्यालको प्रमुख आतिथ्यतामा भेला भव्यरुपमा सम्पन्न भएको हो।
भेलाले भगवान बस्नेत (रोहन) को संयोजकत्वमा २७ सदस्यीय कार्यसमिती सर्बसम्मत चयन गरेको छ भने विभिन्न पार्टी परित्याग गरि २० जना युवाहरु रास्वपामा प्रवेश गरेको रास्वपा दोलखाले जनाएको छ।
कार्यक्रमका सभापति हरिलाल चोैलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सासंद शोविता गौतम,पुर्व स्वास्थ राज्य मन्त्री डा.तोसिमा कार्की,सह- महामन्त्री कबिन्द्र बुर्लाकोटी ,प्रमुख सचेतक सन्तोष परियार, हरि ढकाल ज्यु ,वागमती प्रदेश सभापति डा अच्युतम लामिछाने,वागमती प्रदेश कोषाध्यक्ष मेनुका ठकुरी,विभिन्न जिल्लाका सभापति दिनेश बस्नेत, सचिव रमेश कुमार श्रेष्ठ ,प्रवक्ता जयराम खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए भने पदाधिकारी,उप सभापति ,खेलकुद विभाग सदस्य,निर्वाचन क्षेत्र समिति ,नगर तथा पालिका सभापति लगायत दुई नगर र ७ पालिकाका सम्पर्क मञ्चका सदस्य तथा पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।