दोलखा। आज दोलखा सहित १४ जिल्लाका खोला तथा नदीहरूमा बाडीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा रुपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन आग्रह गरेको छ।आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र बसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमत्ता, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने र सतर्कता पुर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउनु भनेको छ।
साथै ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाड, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान रहेको छ।