दोलखा (जिरी)। अविरल बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको जिरी नगरपालिका -८ का सबै ग्रामीण सडक पुनः सुचारु भएको छ ।
अत्याधिक बर्षा पश्चात् सडक माथिबाट खसेको पहिरोले गर्दा जिरी नगरपालिका -८ का अधिकांश ग्रामीण सडकहरु अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्ध भएपछि पहिरो हटाउन जनप्रतिनिधि र स्थानीय लागि परेपनि नगरपालिका भित्र जेसिबी भएपनी अपरेटर नभएका कारण तत्काल अवरुद्ध सडकलाई सन्चालन गर्न सकिएको थिएन । दुई दिनदेखि अबरुद्ध भएको सडकलाई आज वैत्यश्वर गाउँपालिका मार्फत जेसिबी मगाएर बिहानैदेखी पहिरो पन्छाउने काम भएको थियो ।जिरी नगरपालिका -८ का वडा अध्यक्ष कृष्ण कुमार खत्री र समाजसेवी तेम्बा शेर्पाको सक्रियतामा वडा भित्र पहिरोले अबरुद्ध भएको सबै सडक पुनः सुचारु गरिएको हो ।
कृषकहरुले धमाधम आलु बिक्री गरिरहेको हुदा सवारीसाधन आवतजावतमा ठूलो समस्या हुने र आपतकालीन अबस्थामा झन समस्या उत्पन्न हुने भएपछी आफुहरुले तत्काल अबरुद्ध सडकलाई सन्चालनमा ल्याएको अध्यक्ष खत्रीले बताए ।