काठमाडौं। आजको शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।