दोलखा। सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आज देखि जिल्ला ट्राफिक कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ। हालसम्म दोलखामा यस्को लागू हुन सकेको थिएन। अब दोलखामा यो सिस्टमका आधारमा कारवाही सुरु भएको छ। सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ। टिभिआरएस प्रणाली कार्यान्वयनमा आएपछि अनलाइन सिस्टममै कति पटक कारवाही भएको भन्ने हेर्न मिल्नेछ। त्यति मात्रै नभई पटकेका हिसाबले राजस्व दाखिला गरेपछि मात्रै बैकिङ सिस्टमले काम गर्नेछ। सवारी नियम उल्लंघनको कसुर लागेर ट्राफिक प्रहरीको नियन्त्रणमा परेको अवस्थामा सबैभन्दा पहिला बैंकमा गएर भौचर जम्मा गर्ने एउटा विधि रहेको छ।
अर्को अनलाइन बैकिङ प्रणालीको सुविधा पनि लिन सकिनेछ। विभिन्न अनलाइन पेमेन्ट गेट–वे मार्फत भुक्तानी गर्न सकिनेछ। जस्तै फोन–पे, खल्ती, ई–सेवा जस्ता माध्यमबाट समेत भुक्तानी गर्न सकिनेछ। कार्यालयले नेपाल बैंकबाट जरिवाना तिर्नुपर्ने जनाएको छ । तर भौचर भराउनु पर्ने स्थिति आएमा बैंक नै जानु पर्ने स्थिति हुन्छ। यदि अनलाइन पेमेन्ट गर्नेहरुका लागि भने विभिन्न माध्यम अपनाउन सक्नेछन्।