दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले “विद्यार्थी सँग ट्राफिक प्रहरी” अभियानलाई निरन्तरता दिएको छ । जिल्लाका कतिपय विद्यालयमा असारे बिदा भएपछि स्थगित भएको उक्त अभियान फेरि सुरु भएको हो।
जिल्लामा बन्द भएका विद्यालयहरु साउन पहिलो सातादेखि खुले लगत्तै मेलुङ , कालिञ्चोक माध्यमिक विद्यालय, कुटीडाडाँ माध्यमिक विद्यालय र राइजिङ स्कुलमा सो अभियान सम्पन गरेको छ। आज राइजिङ स्कुलमा दिएको एकदिने ट्राफिक सचेतना अभियान सम्बन्धि दिएको एक दिने प्रशिक्षण कार्यक्रममा १ सय जना भन्दा बढी विद्यार्थी लाभान्वित भएका थिए।
त्यस्तै तालिममा विद्यार्थीलाई प्रमुख भट्टराई र टाेल बिकास संस्था चरिघ्याङका अध्यक्ष दावा लामाले प्रशिक्षण दिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।