दोलखा । गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजना, भीमेश्वर नगरपालिकाको समन्वय तथा रीड नेपाल, एएसबी जर्मनको आर्थिक सहयोगमा समावेशी विपद् तथा उत्थानशील योजना तथा स्थानीय सरकार तथा सरोकारवालाहरुको भुमिका सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । `सुदृढ जोखिम ब्यवस्थापन तथा समावेशी आर्थिक – सामाजिक विकास मार्फत समुदायको उत्थानशिलता अभिवृद्धि परियोजना ´ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
सोमबार सामुदायिक पुस्तकालयको भवनमा आयोजित कार्यक्रमको उद्घाटन भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर गरेका थिए ।
गौरीशंकर सामुदायिक पुस्तकालयको अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल , जनप्रतिनिधि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । गौरीशंकर सामुदायिक पुस्तकालयले थुप्रै प्रकारको कार्यक्रम गर्दै आएको छ ।