काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ४३.०५ अंकले बढेर तीन हजार ८१ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा २९ अर्ब ९५ करोड ८५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १०५ वटाको बढेको छ भने १३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ