काठमाडौं । साउन महिनाको अन्तिम साता नेप्से परिसूचक साढे ८ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७६६ दशमलव ३८ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ८.४७ प्रतिशतले बढेर बन्द भएको हो ।
यो साता सेयर बजारमा परिसूचक २३४ दशमलव ४३ अंक बढेर ३००० दशमलव ८१ विन्दुमा पुगेको छ । साताको पाँच कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन सामान्य करेक्सन देखिएको थियो ।
यो साता मंगलबार नेप्से परिसूचक सामान्य अंक करेक्सन भएर बन्द भएको थियो भने बाँकी दिन उच्च अंकले बढेको थियो ।