काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेका छन् । सहकारीका पूर्वसचिव अनुज नमर्कीलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी लामो समयदेखि फरार थिए । दक्षिणकालीबाट पक्राउ गरेर उहाँलाई कास्की पठाइएको छ ।सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ ।
मुख्य अभियुक्त भनेर चिनिएका जीवी राई भने अझै फरार रहेका छन्।