दोलखा। दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन्। बुधबार जिल्लाको प्रस्तावित फिल्म सिटी डाङडुङे डाँडामा सम्पन्न तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिती चयन गरेको हो ।
समितिले बरिष्ठ उपाध्यक्षमा टिका बहादुर तामाङ,उपाध्यक्षमा विनोद जिरेल चयन गरेको छ भने महासचिवमा रबिना थापा खड्का,सचिवमा बिनु श्रेष्ठ,कोषाध्यक्षमा सागर प्रधान,सह – सचिवमा रामहरि सिवाकोटी,सह -कोषाध्यक्षमा महेन्द्र नारायण श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा क्रमश: गम्भीर श्रेष्ठ, अर्जुन तिमल्सिनालाई चयन गरेको छ।
संघका निवर्तमान अध्यक्ष तेजबहादुर थापाको अध्यक्षता तथा भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, बुद्धिजिवी, जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो।