अविरल बस्नेत ` सुरज ´
दोलखाकै पुरानो विद्यालय श्री त्रिभुवन माध्यमिक विद्यालयबाट २०६३ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीहरुले गुरु अभिनन्दन तथा ब्याच भेट्घाट कार्यक्रम गरेका छन् । आइतबार काठमाडौँको अनामनगरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आफुलाई पढाएका १३ जना शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
कार्यक्रममा उपस्थित अन्य शिक्षकहरुलाई मायाँको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले अध्ययनका बखतमा भएका रमाईला तथा यादगार क्षणहरुको स्मरणसँगै सम्झना साटासाट गरेका थिए ।
कार्यक्रमको सभापति प्रकाश थापा थिए भने प्रमुख अतिथीका रुपमा राम बहादुर खड्का थिए ।