दोलखा। “बालबालिकामा लगानि सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ दोलखाको भिमेश्वर नगरपालिकामा बालबालिकाहरूसँग अन्तरक्रियात्मक अभियान सञ्चालन गरिएको छ । सोमबार उज्यालो भविष्य संस्था दोलखाले भिमेश्वर नगरपालिकाका निजि तथा सरकारी माध्यमिक विद्यालयका बालबालिकाहरू सँग बालबालिकाको वर्तमान स्थिति र शैक्षिक गुणस्तर सँग सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यलाई तिव्र रुपमा अघाडी बढाएको उज्यालो भविष्य संस्था दोलखाका अध्यक्ष राजन बस्नेतले बताए।
भिमेश्वर नगरपालिका बाल मैत्री स्थानिय शासन अबलम्बन तथा घोषणा भई कार्यान्वयनमा आएको ६ वर्ष पार गरेको अवस्थामा नगरपालिका भित्र समुदाय स्तरिय बालक्लब, अभिभावक, आमा समुह, सामुदायिक वन उपभोक्ता समूहहरुमा गई बालबालिकाहरू सँग सम्बन्धि जनचेतनामुलक सामाग्रीहरूको प्रचारप्रसार र भिमेश्वर नगरपालिका भित्र रहेका होटल तथा रेस्टुरेन्टहरुमा बालश्रम मुक्त बनाउने समेत अभियानलाई तिब्रता दिदै जाने अधिकारकर्मी बस्नेतको भनाइ छ। बालबालिका कुलतमा फस्दै गैइरहेको अवस्थामा त्यसलाई रोकथाम तथा न्युनिकरण गर्नका लागि बालबालिकाहरु सँगको छलफल प्रभावकारी हुदैँ गएको बताए ।
बागमती प्रदेशको पहिलो बालमैत्री नगरका रुपमा भिमेश्वर नगरपालिका घोषणा भए सँगै बालबालिकाको हक, अधिकार र संरक्षणका निम्ति निरन्तर रुपमा उज्यालो भविष्य संस्था दोलखा सक्रिय रुपमा कार्य गर्दै आएको उनले बताए । भिमेश्वर नगरपालिका भित्रमा समुदाय स्तरिय बालक्लब र विद्यालय स्तरीय बालक्लब गठन तथा पुनर्गठन समेत गरि बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनको निमित्त अतिरिक्त क्रियाकलापको आयोजना समेत गरिएको संस्थाले जनाएको छ।