दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन्। घाइते हुनेमा तेन्जी शेर्पा, चालक शुक्छिरी शेर्पा र रिन्जी शेर्पा रहेका छन्।
मङ्गलबार बेलुका करिब साडे ५ बजेको समयमा सिंगटीबाट मार्बुतर्फ जाँदै गरेको वागमती प्रदेश ००३-२३ च १८३३ नम्बरको बोलेरो गौरीशंकर गाउँपालिका-६ चंखुको नाक्दिङमा दुर्घटनामा परेको थियो। उनिहरुको सिङटी स्थित अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सिगटीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको छ भने दुर्घटना गाडि चिप्लिए भएको हुन सक्ने अनुमान गरिएको छ।