दोलखा।
नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको सभापतिमा सञ्जीव पाण्डे नियुक्त भएका छन् ।हाल उप सभापतिको भूमिकामा रहेका पाण्डेलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले रिक्त रहेको कालिञ्चोक गाउँपालिका समिति सभापतिको जिम्मेवारी दिएका हुन् ।
शुक्रबार बसेको नेपाली कांग्रेस दोलखाको संयुक्त बैठकले रिक्त रहेका पदहरूमा व्यवस्थापन गरी जिम्मेवारी दिने निर्णय बमोजिम पाण्डेलाई कार्यवाहक सभापतिमा मनोनित गरिएको नेपाली कांग्रेस दोलखाका मुख्य सचिव भोजराज चौलागाइँले जानकारी दिए ।समितिको सभापतिमा यस अघि जगतमणी शिवाकोटी थिए उनले समय दिन नसकेपछि उक्त पद केही समय देखि रिक्त थियो ।
सभापतिले गर्ने सम्पूर्ण कामकाज गर्ने र पाटी सङ्गठनलाई थप चलायमान बनाउने गरी काम काज गर्न जिम्मेवारी दिएको दोलखा कांग्रेसले जनाएको छ ।