अबिरल बस्नेत ` सुरज ´
दोलखा । गौरीशंकर गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारीले विभिन्न संघसस्थाको कार्यकारी पदमा बस्न नपाउने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले आफ्नो कार्यालय मातहतका सरकारी सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई विभिन्न संघसंस्था तथा उपभोक्ता समितिको कार्यकारी पद तथा जिम्मेवारीमा नरहन आग्रह गरेको छ ।
गौरीशंकर गाउँपालिकाका सरकारी सेवामा कार्यरत कर्मचारी विभिन्न संघसस्थाको कार्यकारी पदमा रहँदा कार्यालयको कामकाजमा समेत समय दिन नसकेको भनी जनगुनासो बढेपछि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए । अध्यक्ष कार्कीले यो निर्णयको अक्षरस पालना गर्न समेत सबै कर्मचरीमा आग्रह गरेका छन् ।