अबिरल बस्नेत ´ सुरज ´
दोलखा । शैलुङ गाउँपालिकामा जिल्लास्तरीय विज्ञान शिक्षक सम्मेलन सम्पन्न भएको छ। विज्ञान तथा प्रविधि, विकास र उत्पादन बृद्धि भन्ने मूल नाराका साथ सुरु भएको १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा उक्त सम्मेलन मंगलबार सम्पन्न भएको हो ।
कार्यक्रममा १७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै जिल्लाका उत्कृष्ट विज्ञान शिक्षकलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा नतिजा विश्लेषण, शिक्षण विधि र प्रविधि, नतिजा सुधार योजना र शैलुङ गाउँपालिकास्तरीय विज्ञान प्रदर्शनीजस्ता विविध गतिविधिहरू सञ्चालन गरिएको थियो ।
शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका सभापति बर्जुराम घतानीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पार्वती कार्की, जिल्ला शिक्षा इकाईका शङ्करबाबु श्रेष्ठ ,अन्य जनप्रतिनिधिहरू, कर्मचारीहरु जिल्ला भरीका विद्यालयका विज्ञान शिक्षक, शैलुङ गाउँपालिकाको माध्यमिक तहको बिध्याथीहरु लगायतको उपस्थिती रहेको थियो ।
यो सम्मेलन शैलुङ गाउँपालिकाको हल र प्राङ्गणमा सम्पन्न भएको थियो ।