अबिरल बस्नेत `सुरज´
दोलखा जिल्लाको विगु गाउँपालिकाले स्वास्थ्य सेवामा महत्त्वपूर्ण प्रगति गर्दै २०८०-८१ का स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको वार्षिक समिक्षा र योजना तर्जुमा गोष्ठीमा विगु गाउँपालिकाले ७१.८ अंक प्राप्त गरेको हो।
भिमेश्वर नगरपालिका ६७ अंकसहित दोस्रो र तामाकोशी गाउँपालिका ६५.३ अंकसहित तृतीय भएका छन्। गोष्ठीमा जिल्लाका सबै स्थानीय तह र स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्थाहरूले स्वास्थ्यका विषयमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा पहिलो, दोस्रो, र तेस्रो स्थानका स्थानीय तहलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यो कार्यक्रम असोज ७ र ८ गते दोलखाको चोथाङस्थित रमाइलो घरको हलमा सम्पन्न भएको थियो।