काठमाडौ : सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ। म्याग्दीमा गुरुदत्त ढकाल, रुकुम पश्चिममा कुलबहादुर जिसी, र कालीकोटमा नारायणप्रसाद भट्टराईलाई सीडीओको रूपमा नियुक्त गरेको छ।
गृह मन्त्रालयले २४ सहायक सीडीओहरूको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।