राजकुमार भुजेल, काठमाडौं।
नेपाली काँग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिले भोलि चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसको सय दिने विशेष अभियान बारे छलफल तथा नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ, नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
शनिवार नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा बिहान ८ बजे कार्यक्रमको आयोजना गरेको समितिले जनाएको छ। कार्यक्रममा नेपाली काँग्रेसको सय दिने विशेष अभियान बारे छलफल लगायतका समसामयिक विषयहरूमा बहस हुने समितिका अध्यक्ष सरोज शिवाकोटीले बताए।
उनका अनुसार कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले,नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत,जिपछिरिङ लामा,चन्द्र भण्डारी नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे,जानु बास्तोला,अजय बाबु सिवाकोटी,नेपाली काँग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा, पूर्व पार्टी सभापति ताराबहादुर कोईराला,रुद्रबहादुर खड्का, उदव राज काफ्ले लगायतले सम्बोधन गर्नेछन्।