राजकुमार भुजेल,दोलखा।
भिमेश्वर नगरपालिकाले पहिरोमा आमा बुबा र दाजु गुमाएका २ वर्षीय बालकलाई मासिक १० हजार दिने भएको छ। आज बसेको कार्यपालिकाको बैठकले मासिक १० हजार र राम्रो व्यवस्था नहुन्जेल शिक्षा, पालन पोषण दिने निर्णय गरेको हो ।
त्यस्तै मृत्यु भएका उनको आमा बुवा र दाजु ३ जनाकै मृत्युसॅस्कार गर्न १ लाख र दाहसॅस्कार गर्न ४५ हजार दिने भएको नगरपालिकाले जनाएको छ।
गत शनिबार भिमेश्वर नगरपालिका – ६ मैदानेमा दिउसो अबिरल वर्षा सँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेल श्रीमान सहित उनको श्रीमती ३६ वर्षिय राधिका भुजेल र १५ वर्षिय छोरा सुजन भुजेलको मृत्यु भएको थियो
भुजेलको कान्छो छोरोको भने जिवितै उद्धार गरिएको थियो ।