राजकुमार भुजेल, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो पिडितहरुलाई भेटेका छन्। मङ्गलबार काठमाडौको बल्खुमा पुगेर उनले पिडितहरु सँग पुगेर उनिहरुको गुनासो सुन्दै देशको अभिभावकको भुमिका निर्वाह गरेका हुन्।
अध्यक्ष प्रचण्डले बल्खु क्षेत्रको अवलोकन गर्दै उनीहरुलाई छोटो राहात र गर्नुपर्ने सहयोगको लागि पहल गर्ने प्रतिवद्धता जनाए।अध्यक्ष प्रचण्ड सहित नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।
गत शुक्रबार र शनिबार परेको अबिरल बर्षाले काठमाडौं लगाएत देशैभर ठुलो जनधनको क्षेती पुगेको छ।