अबिरल बस्नेत ` सुरज´
दोलखा । गत असार २१ र असोज १२ गतेको बाढीले दोलखामा पुर्याएको क्षति साथै राहत, उद्धार र पुनर्निर्माणका विषयमा नेकपा माओवादी केन्द्र दोलखाले पार्टीलाई ध्यानाकर्षण गराएको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टी जिल्ला इन्चार्ज विशाल खड्काले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रमा बाढी पहिरोले दोलखा जिल्लामा ठूलो धनजनको क्षति भएकाले सरकारलाई यस विषयमा घच्घच्याउन प्रचण्डलाई आग्रह गरिएको छ ।
असार २१ गतेदेखि असोज १२ गतेसम्म दोलखामा बाढी र पहिरोका कारण निजी आवासमा क्षति, माथिल्लो तामाकोसी, खानी खोला लगायत विभिन्न जलविद्युत आयोजना, राजमार्ग र ग्रामीण सडक कृषि तथा पशुपन्छी लगायतमा डेढ अर्ब बढीको क्षति भएकोले पीडित पक्षलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।