काठमाडौं ।
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।
डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् ।