हेर्दाहेर्दै डेस्क
काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नेपालका विभिन्न क्षेत्रहरूमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ, भने कोशी, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव परेको देखिन्छ।
हालको मौसम अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली छ , जबकि अन्य स्थानहरूमा मौसम मुख्यतया सफा छ। आइतबारको दिउँसो सम्म तीन प्रदेशका पहाडी क्षेत्रहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। मङ्गलबार पनि सोही प्रकारको मौसमी प्रणाली रहिरहने अनुमान गरिएको छ।