राजकुमार भुजेल,दोलखा ।
जिल्ला प्रहरी कार्यालय दोलखाले ६९ औँ प्रहरी दिवस भव्यताका साथ मनाएको छ।बुधबार जिल्लाको सदरमुकाम चरिकोट स्थित जिल्ला प्रहरी कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी थिए। सो क्रममा कार्यालयमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरी, समाजसेवी लगायतलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार प्रदान गरिएको छ । त्यस्तै कार्यालयमा श्रद्धाञ्जली समारोह, अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई पनि कदरपत्र प्रदान गरिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्का,मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौंलागाई, पूर्व प्रहरी संगठन जिल्ला समिति दोलखाका अध्यक्ष रामशरण केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्थानीय सरकारका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख ,प्रतिनिधिहरु एवम् सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो