काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमला दाहाल प्रचण्डले विपक्षी दलहरुको मार्चा बलियो बनाउने अभियान थालेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।
बैठक आक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलका नेताको कार्यकक्षमा चलेको थियो । लोसपाबाट शरदसिंह भण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको दाहालको सचिवालयले जनाएको छ । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल आजपा सहभागी छन् ।
बैठकमा आज रास्वपाका मात्रै ६ जना नेताहरू सहभागी थिए।