काठमाडौं ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शुक्रबार काठमाडौंको वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पु¥याइएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको हो ।